[Show all top banners]

freepressnepal

More by freepressnepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maoists Attack on Kamana Publication House
[VIEWED 5482 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-07 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामना प्रकाशन समूहको हार्दिक अपिल

विगत २३ वर्षेखि आदरणीय पाठकहरुको सेवा गर्दै आएको कामना प्रकाशन समूहबाट नियमित रुपमा प्रकाशित नेपाल समाचारपत्र राष्टि्य दैनिक र महानगर सन्ध्याकालीन दैनिक माओवादीसम्बद्ध वितरकहरुले अवरोध पुर्याएका कारण २०६४ असार ५ गतेदेखि केही दिन प्रकाशन तथा वितरण कार्य हुन नसक्ने व्यहोरा अनुरोध गरिन्छ ।



विगत डेढ महिनादेखि नेकपा माओवादीसम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघको नामबाट कस्टुमर सोलुसन प्रा.लि.का केही पत्रिका वितरकहरुले कामना प्रकाशन समूहअर्न्तर्गत नै रहेर युनियन दर्ता गर्न पाउनु पर्ने माग राखी अवरोध पुर्याउंदै आएको जानकारी समेत यसै साथ गराइन्छ ।



प्रकाशन समूहको व्यवस्थापनले पटक पटक आन्तरिक रुपमै समस्याको समाधान गर्ने प्रयास जारी राखेकोमा उक्त समूहले पत्रिका प्रकाशन तथा वितरण कार्यमै अवरोध पुर्याउंदै आएकोले प्रवुद्ध पाठकहरुसमक्ष पत्रिका पुर्याउन नसकिएको व्यहोरा अनुरोध छ । यस्तै अवरोधका कारण गत जेठ १२ गते शनिबार पनि नेपाल समाचारपत्रको राजधानी संस्करण प्रकाशित हुन नसकेको व्यहोरासमेत स्मरण गराउन चाहन्छौं ।



स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्दै आएको कामना प्रकाशन समूहमाथि नै अनावश्यक एवम् गैरकानुनी दवाव तथा हस्तक्षेप भएकोमा समूह अत्यन्त दुःखित भएको छ । कामना प्रकाशनले यस घटनालाई लाखौं पाठकको सुसूचित हुने अधिकारमाथि हस्तक्षेप ठानेको छ ।



हजारौं नागरिकको रोजगारीसंग जोडिएको यस स्वतन्त्र एवम् निष्पक्ष पत्रिकालाई बचाउन तथा निर्वाधरुपमा संचालन गर्ने वातावरण निर्माणका लागि हामी सम्पर्ूण् स्वतन्त्र नागरिक समाज, राजनीतिक दल, संचार माध्यम र पेशागत संघ संगठनलगायत हर क्षेत्र र वर्गसंग विनम्र अपील गर्दछौं ।



प्रेस विज्ञप्ति

नेपाल समाचारपत्रलगायत पत्रपत्रिका वितरण गर्दै आएको कस्टुमर सोलुसन प्रा.लि.का केही वितरकहरुले कामना प्रकाशन समूहको कार्यालयमा अवरोध पुर्याएका कारण समूहबाट नियमितरुपमा प्रकाशित हुंदै आएको महानगर सन्ध्याकालीन असार ५ गते र सोही दिनदेखि नेपाल समाचारपत्र राष्टि्य दैनिकको प्रकाशन तथा वितरण कार्यमा समेत पनि अवरोध पुर्याएका छन् ।



सोही कारणबाट नेपाल समाचारपत्र यही असार ६ गतेदेखि केही दिन प्रकाशित हुन नसक्ने व्यहोरा सम्पर्ूण्ा शुभेच्छुक, पाठक वर्ग तथा विज्ञापनदाताहरुमा दुःख पर्ूवक जानकारी गराइएको छ । कामना प्रकाशन समूहले नेपाल समाचारपत्र राष्टि्य दैनिकको वितरण कार्य कस्टुमर सोलुसनलाई करारमा दिएकोमा वितरकहरुले प्रकाशन संस्थामै आवद्ध भएर मजदुर युनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दै आएपछि उक्त स्थिति उत्पन्न भएको हो ।



नेकपा -माओवादी) सम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघका नामबाट ती वितरकहरुले युनियन दर्तालगायत विभिन्न माग राखी विगत डेढ महिनादेखि छापाखाना घेराउ, पर््रदर्शन र नाराबाजी जस्ता विविध गतिविधि संचालन गरी अवरोध पुर्याउदै आएका छन् ।



यस्तै अवरोधका कारण २०६४ जेठ १२ गते शनिबार नेपाल समाचारपत्रको राजधानी संस्करण प्रकाशित हुन नसकेको सबैलाई अवगत नै छ । प्रकृतिले नै स्वतन्त्र हुनुपर्ने एउटा निष्पक्ष पत्रिकामाथि अनावश्यक रुपमा यसरी राजनीतिक हस्तक्षेप तथा गैरकानुनी दवाव दिइनुलाई हामीले प्रेस स्वतन्त्रताको चरम उल्लंघन ठानेका छौं । यस्तो कार्यबाट आमपाठकको सुसूचित हुने अधिकारमाथि कुठाराघात भएको छ ।



लाखौं पाठकको सूचना तथा समाचारको विश्वसनीय माध्यम एवम् हजारौं नागरिकको जीविकोपार्जनसंग जोडिएको एक स्वतन्त्र, निष्पक्ष एवम् व्यावसायिक संचार संस्थालाई जोगाउन नागरिक समाज, राजनीतिक दल, संचार जगत, पेशागत संघ संगठन, आमशुभेच्छुक, पाठकवर्ग तथा विज्ञापनदातालगायत हर वर्ग र क्षेत्रलाई कामना प्रकाशन संस्था हार्दिक आह्वान गर्दछ ।



साथै केही दिन नेपाल समाचारपत्र र महानगर सन्ध्याकालीन प्रकाशित हुन नसक्ने व्यहोरा सम्पर्ूण्ा पाठक तथा विज्ञापनदाताहरुमा जाहेर गर्दछौं ।



पुष्करलाल श्रेष्ठ

कार्यकारी अध्यक्ष

तथा प्रधान सम्पादक
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters