[Show all top banners]

pops
Replies to this thread:

More by pops
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भ्यालेन्टाइन ड, a nice story
[VIEWED 5413 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

By Susma Manandhar
--------------------------
धेरै भएको छैन उसले आफ्नो घर नजिकै त्यो नयां अनुहार देख्न थालेकी। पहिले अफिस आउंदा जांदा उसलाई यादै हुन्नथ्यो तर अस्ति अफिसबाट फर्केर घर पुग्न लाग्दा सडक छेऊ उभिएका केही ठिटाहरुमा उसका आंखा गएका थिए। उनीहरु कागजको कुनै टुक्रामा खोसाखोस गर्दै थिए। “भो भो तिमीहरु नै राख मलाई चाहिएन।” त्यो कुनै केटाको अलि ठूलो स्व्ार थियो। आवाजले आकषिर्त भएर उसले पहिलो चोटि त्यो केटालाई हेरेकी थिई। आंखा जुधे पछि केटो केही लजायो। ऊ घर पुगी। श्रीमानले खबर गरे आज पनि ढिलो आउने रे। रातोदिनको मिटिड.,अझ त्यति मात्र कहां हो - चांडै घर पुगेका दिन पनि साथीहरुसंग उनको बाहिर प्रोग्राम बनिहाल्थ्यो। ऊ बोर हुंदै उंघीउंघी श्रीमानलाई कुरिबस्थी। त्यही भएर कोठामा एक्लै बस्न मन नलागी ऊ लुगा फेरीवरी बजार निस्कंदा सम्म पनि तिनीहरु त्यहीं थिए, गफ गर्दै। के साह्रो गफ गर्न सकेका यिनीहरु उभी उभी उसले सोचेकी थिई।

हिजो पनि ऊ बाहिर निस्कंदा त्यो केटा सडक छेउ उभिरहेको थियो, ऊ आउने वाटोतिर हर्ेर्दै। उसले पछाडि ब्याग बोकेको थियो र घांटीमा रातो गलबन्दी बांधेकोे थियो। गोरो अनुहारमा त्यो रातो गलबन्दी खूब सुहाएको थियो उसलाई। सडकको अर्को छेउ उभिएको उसको साथी उसलाई नाम लिई बोलाउंदै थियो। अपूर्व ! नाम त राम्रै हो। नाम अनुरुप देखिन्थ्यो पनि ऊ। गोरो र टल्किने कालो कपालसंग भर्खर बस्दै गरेका जुंगाका रेखीले उसलाई निकै सुदर्शन देखाऊंथ्यो। आंखा जुध्यो। उसले देखी त्यहां केही चम्केको थियो अभूतपूर्व। केही झिल्काहरु बलेका थिए। त्यो झिल्का, भित्र उसको मुटुसम्मै पुग्यो। अपूर्वले उसलाई आंखा भरी हेर्यो अनि साथीसंग बाटो लाग्यो।

अफिस पुग्दासम्म पनि उसका आंखामा अपूर्वको हेराइ अडिरह्यो। त्यो हेर्राई विशेष थियो र त्यहां एउटा अनौठो किसिमको चाहना देखिन्थ्यो तर के को उसले अडकल्न सकिन। कहांको केटा हो, त्यतातिर के गर्न आउंदो हो - उसको दिमागमा सानो कौतुहलता जन्मियो। अपूर्व त्यतातिरको बासिन्दा थिएन, त्यसैले त्यो भन्दा अघि उसलाई त्यहां देखिने कुरै भएन। ऊ या त यो इलाकातिर बस्न थालेको छ नभए कलेजका आफ्नो कुनै साथीलाई भेट्न यतातिर आउंदो हो ,उसले मनमनै ठहर गरी। नभन्दै उसले त्यही दिन सांझपख अपूर्वलाई पहिलो पटक आफ्नो घर अगाडि छिमेकीको कौसीमा देखी। ऊ या त कौसीमा ऊ नभएकी बेला अघि पछि आंउदो हो या ऊ त्यहां डेरा बस्न थालेको धेरै भएको थिएन।

ऊ पानी तर्काउन भिजेका लुगालाई डोरीमा झुण्डयाउंदै थियो। अपूर्वले पनि उसलाई देख्यो तर उसले कुनै प्रतिक्रिया देखाएन, पूर्ववत लुगाहरु डोरीमा सुकाइरह्यो। उसले हेरिरही, लुगा सुकाउन सकेर पनि ऊ तल गएन बरु कौसीको होचो डीलमा बसेर सडकतिर हर्ेन थाल्यो। उसका साना र घुम्रिएका कपाल हावाले उडाइ रहेथ्यो जसलाई ऊ बेलाबेलामा बांया हातले सम्याउंथ्यो। अर्को छिमेकीको छानामा एउटा विरालो चरा ताक्दै थियो ,उसले सानो ढुंगा टिपेर चरा भगायो र फर्केर पुलुक्क हेर्यो उसको अनुहारमा। उसले नदेखे झैं गरी अर्कोतिर मुख फर्काएर हांसी।

सांझ गाढिंदै थियो अनि चिसो सिरेटो। ऊ तल ओर्ली। अपूर्व कति बेला ओल्र्यो, उसलाई थाहा भएन। रातको खाना बनाउनु थियो, त्यसैले ऊ भान्छामा व्यस्त भई। घर धन्दा सकाई कोठामा आउंदा उसका श्रीमान टिभी हेर्दै थिए। “मैले विहान भनेको फिल्म लगाउं है ?” श्रीमान धेरै दिन पछि शायद आज रोमान्टिक मूडमा थिए। वयस्कहरुले मात्र हेर्ने त्यो नीलो फिल्म थियो उनले भनेका, उसले बुझिहाली। “आ,छोड्नुस् ! बरु अरु च्यानेलमा के के आइराछन् हेरुं न।” उसको कुरामा ध्यानै नदिंइ उसको श्रीमानले उसलाई अंगालोमा बांधे। ” छि ः कस्तो छिल्लिएको।” उसले श्रीमानको अंगालो फुकाई। अनायसै उसका आंखा अगाडिका झ्यालमा परे। छिमेकीको कौसी र उसको बेडरुमको झ्याल एउटै हाराहारीमा नपरे पनि उनको कौसीबाट बेडरुम भने देख्न सकिन्थ्यो। अंध्यारोमा कौसीमा कोही सल्बलाएको जस्तै लाग्यो उसलाई। उसले अन्दाज गरी हो न हो त्यो अपूर्व नै थियो उभिरहेको। खै कुन्नि कति बेलादेखि थियो ऊ त्यहां। उसले झयालनिर उभिएर बाहिर आंखा तानी तानी हेरी, कौसी रित्तो थियो अंध्यारो। झ्यालमा सरक्क पर्दा तानी ऊ बेडमा बसी। उसमा भएको रुमानीपन हराइसकेको थियो, मुडै भएन। उसका श्रीमान छक्क परे। एकछिन अघि सम्म तातै थिई मीठो र मादक, कति छिटो चिसिई। ऊ सिरक तानेर पल्टी, रातभरी उसलाई अपूर्वले कौसीबाट लुकी लुकी हेरीरहे झैँ लागिरह्यो।

भोलिपल्ट ऊ अफिस निस्कने समयतिर अपूर्व पहिले जस्तै सडकछेऊ उभिएको थियो। साथीलाई कर्ुर्दै थियो या त्यही वहानामा उसको निस्कने बेला हेर्दै थियो, उसले बुझ्न सकिन। रातको घटना सम्झेर उसले गहिरीएर उसको अनुहारमा हेरी, त्यहां कुनै अस्वाभाविकता र अपराध बोध थिएनन्। ऊ सधै झै ताजा र निर्दोष देखिन्थ्यो। उसका गोरा र कलिला गाला लालिमायुक्त थिए। उसका आंंखामा उत्सुकता बोलिरहेका थिए। ऊ अगाडि आउन्जेल अपूर्वले एकछिन कुर्यो त्यसपछि ऊ विपरित दिशातिर लाग्यो। अपूर्वको कलेज उसको अफिसभन्दा उल्टो दिशातिर हुनुपर्छ। सम्भवत त्यही भएर ऊ, घरबाट निस्की सडक नपुगुन्जेल ऊ त्यहीं हुन्थ्यो सडकमा उसलाई पर्खंदै। ऊ यकीन गरी भन्न सक्दिन उसैलाई पर्खेको भनी तर ऊ अफिस आउने जाने समय प्राय अपूर्व बाहिर सडकमै भेटिन्थ्यो।

हिजो रातिको घटना एकपल्ट मात्र घटेको भए, त्यो उसलाई भ्रम मात्रै लाग्थ्यो तर त्यसपछि पनि प्रायः जसो समय अपूर्वका दुइ आंखाहरुले उसलाई पछ्याइरहे झै लाग्थ्यो। कौसी , कोठामा जहां बसिरहंदा पनि जब ऊ अपूर्वलाई देख्थी, ऊ उसैलाई हेरिरहेको हुन्थ्यो। जब उसको चोरी पक्रिइन्थ्यो,उसको गोरो अनुहारभरि संकोचको रातो फैलिन्थ्यो। अनि ऊ हडबडाएर अर्कोतिर हेथ्र्यो। घर छेऊ संगै बसाइको हिसावले ऊ छिमेकी थियो तर आर्श्चर्य उसले प्रत्यक्षत ऊसंग बोल्ने कोशीश कहिल्यै गरेन। ऊ माया लाग्दो पाराले हेरिरहन्थ्यो, हद गरे केही हांस्न खोजे झैं ओठमा कम्पन देखा पथ्र्यो। त्यो भन्दा बढी अपूर्वले उसप्रति कुनै प्रतिक्रिया देखाएन। त्यस्तै हूंदो त अरुले भए कत्रो नाता लायी साइनो गांसी आउने जाने बाटो पनि बनाइसक्थ्यो। उसलाई यही राम्रो लाग्थ्यो, अपूर्व अरु केटाहरु जस्तो उत्ताउलो देखिंदैनथ्यो। ऊ छिल्लिंदैनथ्यो साथीहरुसंग। उसका लवाइ,हिंडाइ र बानीमा कुनै असभ्यपना थिएन।

त्यसो त उसले आफै पनि बोल्न कुनै, कहिल्यै पहल गरिन। के चासो परेको छ र - मन लागेको छ भने, पहिले उसले आफै बोलोस्, ऊ सोच्थी। बाटोमा कहिलेकाहिं आवतजावतको क्रममा अघिपछि हुंदा उसलाई लाग्थ्यो, अपूर्वले बोल्ने शुरुआत गर्छ होला। त्यही भएर अपूर्व अघि भए छिटो र पछि आउंदै गरेको भए ऊ ढिलो गरी हिड्थी। उसलाई अपूर्वले केही बोले हुन्थ्यो जस्तो लाग्थ्यो पनि। ऊ त्यस्तो बेला समेत पनि बोल्दैनथ्यो। बरु करुणा भरिएको आंखाले पुल्लुक्क हेथ्र्यो अनि टाउको निहुर्राई आफ्नो बाटो हिड्थ्यो। ऊ एकोहोरो नहेरी घरिघरि हेथ्र्यो उसलाई। पहिला उसलाई अपूर्वका दृष्टि अति, असहज र आपत्तिजनक लाग्थे। उसका दृष्टिहरुले कुनै अप्ठयारा नगरेका हुंदा उसलाई पछि त्यसरी हेरिनु पनि राम्रै लाग्न थाल्यो।

कोठामा एक्लै हुंदा मात्र हैन ऊ श्रीमान हुंदा पनि एक्लिएकी हुन्थी। श्रीमानको काम र अभिरुचिका आफनै दुनियां थियो र त्यो संसारमा उसकी मायाकी भोकी उसकी श्रीमती पनि छे भन्ने कुरा कामको चापमा उनी प्राय विर्सन्थे। उसको चाहना हुन्थ्यो श्रीमानसंग मीठामीठा कुरा गरी बस्ने,बाहिर जाने, डुल्ने। जब ऊ उपेक्षित महशुश गर्थी आफूलाई ,उसलाई अत्यास लाग्थ्यो कोठामा, त्यही भएर ऊ प्राय त्यस्ता ठांउमा बस्ने गर्थी जहांबाट अपूर्वले उसलाई राम्ररी देख्न सकोस्। हेराइको तातोले उसलाई एक्लो भएको भान हुन दिंदैनथ्यो ।

कहिलेकाहि ऊ अफिसबाट चांडै वा ढिलो घर पुग्दा भने बाटोमा अपूर्व भेटिन्नथ्यो। सम्भवत ऊ उसलाई कुरेर हिंडिसकेको हुन्थ्यो। उसका दृष्टिका अभ्यस्त आंखाहरु पनि अपूर्वलाई अनायसै खोज्थ्यो सडकछेऊ,पसलहरुमा र अलि टाढैसम्म। आफू ढिला आइएको बिर्से आज कहां अल्मलिएछ त भन्ने सोच्दै ऊ बिना काम कौसी भित्रबाहिर ओहेरदोहोर गरिरहन्थी। त्यो दिन खल्लो लाग्थ्यो उसलाई ,नियास्रो मानिरहन्थी। घर बाहिर गल्लीतिर कोही बोले पनि अपूर्वको स्वरको झस्का लाग्थ्यो उसलाई।

आफूमा आएको यो परिवर्तन के हो, उसले कहिल्यै विश्लेषण गर्न चाहिन। तर त्यो परिवर्तनभित्र प्रशन्नता थियो उसको। पहिले झैं ऊ आत्माभित्र एक्लै थिइन अब। मनभित्रको एकाकीपनको लागि एउटा राम्रो साथी पाएकी थिई उसले अपूर्वको रुपमा। ऊ अपूर्वलाई देखेर खुशी हुन्थी , उसको अनुहार धपक्क बल्थ्यो। उनीहरु एकअर्का संग बोल्दैनथे तर त्यो मौनतामा पनि ऊ अघाउंथी। अपूर्वले उसलाई गहिरीएर हर्ेदा र सडक छेऊ उसको निम्ति कुरी बसेको देख्दा उसलाई निको लाग्थ्यो। अपूर्व भर्खरको केटो थियो कलेज पढ्दै गरेको ऊ आफू अपूर्व भन्दा परिपक्व र विवाहिता। कामैमा मात्र डुबिरहने भिन्न प्रकृतिका श्रीमानसंग उसका लागि समय थिएनन्। ऊ खाली रहन्थी र खोज्थी मुटु रसाउने भावनाहरु। सपनाहरु बुनेर ऊ मायामा रमाउन खोज्थी त्यसैले ऊभित्रको रिक्तता नजानिंदोसंग अपूर्वप्रतिको अनुरागले भरिंदै थियो। उसको सोच र सपनामा अपूर्व आउन थालेको थियो। उसको बारेमा सोची बस्दा ऊ रोमान्चीत हुन्थी। विना छेकवार र सांध सिमानाका कल्पना पनि कस्ता कस्ता,कसैको कल्पनामा कसले पो लगाम लगाउन सक्छ र -

भ्यालेन्टाइन डे, सडकछेऊका प्राय पसलहरुमा गुलाफका रंगिन पोष्टरहरु र कागजका रंगीचंगी हर्टशेपहरु बनाई झुण्डयाइएको थियो। आफना प्रियहरुप्रति प्रेम दर्शाउन कार्ड,बुकी र चकलेटलाई माध्यम बनाउंने दिन आज। विहान उसले श्रीमानलाई सांझको लागि कुनै प्रोग्राम छ कि भनी सोधेकी थिई। उसका श्रीमान बोलेनन्,शायद फुर्सद थिएन। गिफट पसल भएर जांदा उसलाई पनि रहर लाग्यो,कति राम्रा कार्डहरु। उसले कुनै खाले पनि कार्डहरु पाएकी थिइन आजसम्म। अफिसमा खासै काम थिएन , दिउंसो अफिसबाट छिटै निस्केर बजार छिरेकी थिई ऊ। केही नभए पनि विन्डो शपिड. गर्ने विचार थियो उसको। उसले एउटा पसल छेऊ अपूर्वलाई देखी साथीसंग कुरा गर्दै गरेको। स्वाभाविक उत्सुकताले स्वचालित ऊ त्यो पसलसंगैको दोश्रो पसलमा गई कस्मेटिकका सामानहरु हेर्न थाली। अपूर्वले अझै देखेको थिएन उसलाई। उसको साथीले कानेखुशी गरेपछि अपूर्व ऊतिर फर्कियो। शायद उसले चांडै कुरा सकायो र टाउको हल्लाउंदै साथीलाई बिदा गर्यो। केही भन्न खोजे झै अन्यमनस्क दोधारमा ऊ उभियो एकछिन। तर केही नबोली अगाडि बढ्यो र अलि पर गै उभियो। उसलाई पनि दोधार भयो जाउं कि नजाउं भन्ने। ऊ उभिएको देखेर उसले केही सोची र अगाडि बढी। उसलाई आफनो पछाडि आउंदै गरेको देखेर अपूर्व एउटा ठूलो गिफ्ट पसलमा छिरेर केही बेरको लागी बिलायो। त्यो पसलको पारदर्शी सीसाको ढोकामा गुलाफको फूल समाइरहेका प्रणय जोडीको पोष्टर थियो। उसलाई के गरुं के नगरुं भयो। बढ्दै गएको कौतुहलताले गर्दा कसैलाई कुरे झैं गरी ऊ त्यही पसल अघि उभिरही। एकैछिनमा अपूर्व उसको सामुन्ने आइपुग्योे, हात पछाडि राखी। अपूर्वलाई यति अगाडि देखेर ऊ स्तब्ध भै पहिले त। उसले अनुमान गरी अब उसले कार्ड दिनेछ ,डराउंदै सोची शायद भ्यालेन्टाइन कार्ड। उसको मुटुको धडकन बढ्यो। त्यो कार्ड स्वीकार्ने कि नस्वीकार्ने भनी सोच्दै थिई उसको हातमा कार्डको र्स्पर्श भयो। मिश्रित भावमा उसले कार्ड खोली,

“आदरणीय दिदी
मेरी पनि एकजना दिदी हुनुहुन्थ्यो तपाई जस्तै राम्रीं। मलाई धेरै माया गर्ने। तीन वर्षअगाडि वहां बम बिस्फोटमा पर्नु भयो। तपाईमा म वहांकै झल्को पाउंछु र श्रध्दा गर्छु

सप्रेम तपाईको
भाइ अपूर्व।”

कार्डमा लेखिएका एक एक अक्षरहरुले उसलाई अपराध बोध गराउंदै थिए। रसाउंदै गरेका आंखाले धुमिल दृष्टि बीच उसले शिथिल आवाजमा बोलाउन खोजी “भाइ”। ग्लानीले भरिएको आवाज अपूर्वले सुनेन,ऊ उसको आवाजको पहुचभन्दा टाढा पुगिसकेको थियो।
mdhsusma@yahoo.com

From Mysansar.com



 
Posted on 04-07-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro rahechha katha...dhilo padhe, tesko laagi maaf paau...
 
Posted on 04-07-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cool............the producer could make "Eghara Kahaniya" adding this movie on "Dus Kahania".
 
Posted on 04-07-08 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah,,, kati yo katha kunai arko site bata copy paste gariyeko ta hoina......sanka lagyo
 
Posted on 04-07-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeh tala lekhiyeko rahechha. Maosansar bata rahechha

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters