[Show all top banners]

gogo

More by gogo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 The Victory Of Maoists, One Example
[VIEWED 6717 TIMES]
SAVE! for ease of future access.
Posted on 04-20-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिपोर्टरको डायरी
सुरक्षा घेरामा पा“च दिन

दामोदर न्यौपाने

माओवादी नेता डा. बाबुराम भट्टर्राईले प्रतिद्वन्द्वीभन्दा ४० हजार बढी मत ल्याएको गोरखा जिल्लामा चुनाव कसरी भयो र यहा“को वातावरण कस्तो थियो भन्ने कौतुहलता सबैलाई होला । चुनाव सम्पन्न हुनासाथ चैत २८ गते नै एमाले र कांग्रेसले माओवादीबाट संविधानसभा चुनावमा धा“धली भएको आरोप लगाउ“दै केही बुथकोे चुनाव रद्द गर्न निर्वाचन आयोगमा उजुरी दिए । त्यसो नभएसम्म मत गणनामा सहभागी नहुने जानकारी दिएका थिए । यही कारणले मतगणना एक दिन ढिला भयो । अरू दल नआएकाले माओवादी र जनमोर्चाका प्रतिनिधिमात्रै बसेर मतगणना सुरु गरे । यही विषय समेटेर कान्तिपुर टेलिभिजनमा चैत २९ गते बिहान १० बजे टेलिफोनबाट प्रत्यक्ष रिपोटिङ गरें । त्यही दिन दिउ“सो माओवादी कार्यकर्ता अमृत उपाध्यायलगायतले समाचारको विषयमा विवाद सुरु गरे । म सोच्दै थिए“, यिनीहरूस“ग कुरा गरेर काम छैन । त्यतिबेलै मेरो मोबाइलमा घन्टी बजेकाले एकछिन है भनेर त्यहा“बाट फुत्किए“ ।

त्यसको एक घन्टा नबित्दै काठमाडौं जा“दै गरेका कांग्रेस कार्यकर्ता रमेश बस्ताकोटीलाई माइक्रोबसबाट ओरालेर माओवादी कार्यकर्ताले कुट्न थाले । उनलाई प्रहरीले समातेर सुरक्षित स्थलतिर लग्यो । त्यसको केहीबेरमै कांग्रेसकै अर्का कार्यकर्ता चित्र भट्टलाई त्यसैगरी कुट्न थाले । प्रहरीले समातेर अस्पताल लग्यो । अस्पतालमा असुरक्षित महसुस गरेर होला उनीहरू भागेर स्थानीय रंगशाला नजिक बा“सको झ्याङमा लुकेर बसेछन् । त्यहा“बाट थुतेर फेरि कुट्न थाले । हामी त्यो तस्बिर खिच्दै थियौं । त्यही बेला अर्का पत्रकार भीमलाल श्रेष्ठलाई माओवादीले दर्ुर्व्यवहार गर्न थाले । यो खिच र त्यो खिच भनेर वाईसीएल कार्यकर्ता आदेश दि“दै थिए । वातावरण असहज लागेर त्यहा“बाट हामी हि“ड्यौं । भट्ट र बस्ताकोटीलाई मरणासन्न हुनेगरी कुटेर प्रहरीको जिम्मा लगाइदिए ।

रातिबाट मतगणना सुरु भयो । हामी रातभरि त्यही गणनास्थलमै रह्यौं ।  १ र २ क्षेत्रमा माओवादीले भारी मतको अन्तरले अग्रता हासिल गर्दै थियो । भित्रैबाट माओवादी विजयोन्मुखको समाचार हामी पठाउ“दै थियौं । देशैभरिको परिणाममा माओवादीले  अग्रता हासिल गर्दै थियो । बाहिर माओवादीका केही कार्यकर्ता उग्र बन्दै थिए । तिनमा विजयोन्माद बढ्दै गयो । तिनले घरमा बसिरहेका कांग्रेस कार्यकर्ता फणिन्द्र धिताललाई कुटपिट गरे ।

भित्र गणना भइरहेको थियो । सडकमा होहहल्ला बढेपछि म, सीडीओ जीवन ओली र डीएसपी गीता उप्रेती त्यतातिर जा“दै थियौं । भीडबाट बचाऊ भन्दै कानुन व्यवसायी तथा मानवअधिकार संगठन गोरखाका उपाध्यक्ष मोहन पोखरेल फुत्त निस्किए । उनलाई 'हाम्रा १३ हजार सहिदको रगतको बदला लिन्छौं' भन्दै झम्टिरहेका थिए । काठमाडौं जा“दै गरेका उनलाई करिब १३ किलोमिटर परसम्म पिछा गरेर 'तपाईं शंकाको घेरामा हुनुहुन्छ, छानबिन गर्नु छ' भनेर माइक्रोबसबाट थुतेछन् । गोरखा बजारमा ओराल्नासाथ उनलाई तिनै वाईसीएलले कुटपिट सुरु गरे । उनको जीउभरि नीलडाम थियो । मुखबाट रगत बगिरहेको थियो । दा“त हल्लिएको थियो । कपडा च्यातिएको थियो । 'दामोेदरजी, म कुटिए“,' उनी भन्दै थिए, 'के फरक पार्टर्ीीई भोट दिएकैमा यसो गर्न पाइन्छ - के फरक मत राख्नेले बा“च्न नपाउने - धन्न नजिकै प्रहरी भएकाले बा“चियो ।' हामी मतगणनास्थलवरिपरि थियौं । बाहिर रहेका एक सहकर्मीले मलाई टेलिफोनमा भने, 'सर, तपाईं बाहिर नआउनुस् ।' मैले किन नआउने भनेर प्रश्न गरिन“ । त्यसको केही मिनेटमै मेरो मोबाइलमा धम्कीको स्वर सुनियो, 'अब पालो पत्रकारको ।' वातावरण तनावपर्ूण्ा थियो । चुनावमा गाउ“भरि छरिएका वाईसीएल सदरमुकाममा केन्द्रित थिए । तिनीहरूका हातमा लट्ठी, छडलगायतका हतियार थिए । असुरक्षित महसुस भइरहेको थियो । पत्रकार महासंघ गोरखाका सभापति किशोरजंग थापालाई फोन गरे“ । उनले पनि परिस्थिति असहज भएको बताए ।

उनले पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीलाई सर्म्पर्क गरेको र निष्ठुरीले केही समस्या परे आफैं आउने आश्वासन दिएको जानकारी दिए । ठाउ“ठाउ“मा वाईसीएल बसेर झोला, पर्स जा“च्ने काम भइरहेको थियो । कांग्रेस कार्यकर्ता पैसा र मोबाइल लुटियो भन्दै थिए । कांग्रेसलाई खोजीखोजी कुटिरहेका थिए । कांग्रेस र एमालेको केही समूह भूमिगत भएको थियो । घटनाक्रमको समाचार लेख्नसक्ने अवस्थामा म थिइन“ । अरू साथीले कोही पनि सुरक्षित नभएकाले समाचार नलेख्ने सामूहिक सल्लाह भयो । त्यो आक्रोशित भीडलाई रोक्नसक्ने अवस्थामा प्रहरी थिएन । प्रहरीकै अगाडि कांग्रेस कार्यकर्ता कुटिएका थिए । त्यतिबेला राज्यको उपस्थिति नदेखिएको अवस्था थियो । अप्रिय घटना भएपछि जो आए पनि के गर्नु । सुरक्षाका लागि नलेख्नुबाहेक अरू विकल्प हामीले देखेनौं ।

एकपछि अर्काे धम्की आइरहे । सकेसम्म आफैं समस्या समाधान गर्नुपर्छ भनेर कैयौं घटना र्सार्वजनिक गरिएनन् । के गर्ने भनेर धेरै सोचियो । सुरक्षा घेराबाट बाहिर निस्कने अवस्था थिएन । साथीहरू अब के गर्ने भनेर सर्म्पर्क गरिरहन्थे । मैले कान्तिपुर क्षेत्रीय ब्युरो पोखरा, काठमाडौंस्थित जिल्ला ब्युरो र कान्तिपुर टेलिभिजनमा  जानकारी गराए“ । त्यहा“बाट सुरक्षित रहने उपाय सोच्नु भन्ने सल्लाह पाए“ । साथीहरू बेलुका घरतिर लागे । म सुरक्षा घेराभित्रको त्यही मतगणनास्थलवरपर रहे“ । घटनाक्रम माओवादी विधायक परशुराम रम्तेललाई जानकारी गराए“ । उनले पत्रकारलाई त्यस्तो केही नहुने बताए । मैले आफूले अहिलेसम्म गरेका रिपोर्टिङका बारेमा सम्झाए“ । उनले भएका कुरा लेख्न र बोल्न पाइन्छ भन्ने प्रतिक्रिया दिए ।

माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल र सेक्रेटरी चुडामणि खड्कालाई जानकारी गरायौं । उनीहरूले पार्टर्ीीे नीति यस्तो नभएको र घुसपैठ हुनसक्ने बताए । घुसपैठ भन्ने प्रतिक्रियाले झन् सशंकित बनायो । यस्तो भनाइले केही भएमा जबाफदेही कोही नुहने देखियो । यही बेला संयुुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयबाट आएका प्रतिनिधिले अवस्थाको जानकारी लियो । पत्रकारको सुरक्षाका लागि सम्बन्धित ठाउ“मा पहल गर्ने आश्वासन दिएको थियो । स्थानीय प्रशासनबाट सुरक्षा ग्यारेन्टी थिएन । पार्टर्ीीे नेतृत्वबाट आदेश आएमात्रै सुरक्षित रहन सक्ने उनीहरूलाई बतायौं ।

चुनावी अभियान सुरु भएदेखि नै माओवादीको प्रत्यक्ष र अप्रत्यक्ष धम्कीको सामना गर्नुपरेको थियो । कांग्रेस उम्मेदवारद्वय चिरञ्जीवी वाग्ले र चीनकाजी श्रेष्ठ तथा एमालेका उम्मेदवार विकलकुमार श्रेष्ठ र हरि काफ्लेलाई ठाउ“ठाउ“मा अवरोध गरेका थिए । अश्राङ गाविसमा उम्मेदवार, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत चढेको गाडीलाई लक्ष्य गरेर भीरबाट ढुंगासमेत गुल्टाएका थिए । घैरुङ गाविसमा खुकुरी, ख“ुडा, बन्चरोजस्ता हतियार बोकेर बसेका समूहले उम्मेदवारलाई प्रचार गर्न नदिएर फर्काएका थिए । यस्तो घटना हुने पर्ूवजानकारी हामीले पाएका हुन्थ्यौं । असहज अवस्था थाहा पाएजति ठाउ“मा हामी पुगेकै हुन्थ्यौं । माओवादीले अन्य दललाई अवरोध पुर्‍याएका गुनासा आइरहे । कांग्रेस र एमालेका कार्यकर्ता धेरै ठाउ“मा कुटिए । प्रचार गर्न गएका उम्मेदवार फर्काइए । उम्मेदवारका घर घेरिए । त्यसको समाचार आउ“दा उनीहरूले पत्रकारमाथि माओवादीविरुद्ध लागेको आरोप लगाइरहन्थे । उनीहरू चुनावी कार्यक्रममा पत्रकारको खोइरो खन्थे । मिडिया हराउन लागेका छन् भनेर कार्यकर्ताको अगाडि पत्रकारको अपमान गर्थे । विदेशीको पैसा खाएर माओवादीविरुद्ध लागेको आरोप लगाउ“थे । गाउ“का कार्यकर्तालाई पत्रकारविरुद्ध लाग्न नेतृत्वले नै उचालेका थिए चुनावी कार्यक्रममा । त्यसैको परिणाम गाउ“बाट आएका कार्यकर्ता पत्रकारलाई जे गरे पनि हुन्छ भन्ने मानसिकतामा देखिन्थे । माओवादीका जिल्ला सेक्रेटरी चुडामणि यसअघि कान्तिपुर पु“जीवादी पत्रिका भएकाले अबको लडाइ“ कान्तिपुरसित हो तर 'तपाईंचाहिं राम्रो मान्छे भएकाले केही गुनासो छैन' भनेर अप्रत्यक्ष धम्की दिन्थे । अरू दलको चुनावी कार्यक्रममा जा“दा ठाउ“ठाउ“मा माओवादी कार्यकर्ता दर्ुर्व्यवहार गर्थे । त्यस्ता घटनाको सूची लामै छ । त्यसलाई हामीले कार्यकर्ताको सामान्य सनकका रूपमा मात्रै लिएका थियौं ।

पछिल्लो समयमा माओवादी नेतृत्व तह नै पत्रकार भ्रष्टाचारी र राजावादीको पछि लागेको आरोप लगाउ“थे । म डा. बाबुराम भट्टर्राईको घरदैलो कार्यक्रम होस् वा चुनावी सभा सबै ठाउ“मा पुगेको छु । उनीहरूको समाचार पनि लेखेको लेख्यै छु । मैले बुद्धिले भ्याएसम्म निष्पक्ष र सन्तुलित समाचार दिए“ । पछिल्लो समयमा उनीहरू जस्तो समाचार लेखे पनि नराम्रो देख्ने भएका छन् ।

चुनाव सकिएको तेस्रो दिनसम्म पनि वातावरण तनावपर्ूण्ा थियो । वातावरण त्यस्तो बनाउन अगुवाइ गर्ने अमृत उपाध्याय माओवादीका कुन तहका कार्यकर्ता हुन् भन्ने थाहा छैन । उनी मेरो कलेजका सहपाठी हुन् । बीए सकिएपछि म एमए पढ्न थाले“ । उनी भूमिगत भए । बेलाबखत भेट हु“दा माओवादीविरुद्ध समाचार लेखेको गुनासो गर्थे । भूमिगत रह“दा पनि साथी भएका नाताले म तपाईंको सबै समाचार पढिरहन्छु भनेर सुनाउ“थे । चुनाव सकिनुलगत्तै तिनी बाहिर बसेर समाचारका बारेमा नानाथरी कमेन्ट गरेर मासलाई तताइरह“दा रहेछन् । 

बाहिरी वातावरणको प्रवाह नगरी म मतगणनाको समाचार बनाउन लागिरहें । साथमा डिजिटल क्यामेरामात्रै थियो । भिडियो क्यामेरा एकातिर थियो भने ल्यापटप अर्कैतिर । रिपोटिङ गर्न असजिलो थियो । मतगणनाको समाचार टेलिफोनबाट टिपाउनुपरेको थियो । कांग्रेस कार्यकर्तालाई गाडीबाट थुत्दै कुट्दै गर्ने क्रम जारी थियो । गाउ“मा भएका कांग्रेस कार्यकर्ता असुरक्षित महसुस गरेर हेलिकोप्टरबाट काठमाडौं ओसारेको खबर आउ“दै थियो ।  

माओवादी नेता भट्टर्राई भारी मतान्तरले विजयी भए । जिल्लाका तीनवटै क्षेत्रमा माओवादीले विजयको झन्डा फहरायो । वैशाख ३ गते विजयजुलुस हु“दै थियो । जुलुसमा सहभागी हुने पत्रकारलाई 'कुकुर लखेटे जसरी लखेट्ने' भन्ने धम्की सुनियो । जुलुसमा जान सक्ने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्‍यौं । उनीहरूले सुरक्षा हुने बताए । माओवादी सेक्रेटरी खड्काले वाईसीएलको सुरक्षा घेरामा हामी हि“ड्ने जानकारी दिए । विजयसभामा गयौं । विजयसभा सकिएपछि त्यो भीड अनियन्त्रित बन्न सक्ने अनुमान गरेर सभा सकिनुअघि नै सुरक्षा घेरातिर लागियो ।

मानवअधिकार उच्चायुक्त प्रतिनिधिले फेरि मलाई भेटे । स्थिति सहज बनाउन हामी आफैंले पहल गरेको जानकारी दिए“ । वातावरण केही सहज बनेको अनुमानले प्रमुख जिल्ला अधिकारी, डीएसपी, निर्वाचन अधिकृतलगायत मनकामनातिर लाग्यौं । सदरमुकाम र्फकेपछि फेरि मानसिक तनाव दिन सुरु गरे । 'अहिलेसम्म को पत्रकारले कस्तो समाचार लेख्यो, त्यसको विश्लेषण गर्ने' चेतावनी दिएको सुनाए एक सहकर्मीले । हवाई गस्तीका क्रममा सिर्दिवासमा भेटिएका माओवादी कार्यकर्ता तुफानले हाम्रा विरुद्ध लाग्ने पत्रकार त्यही हो, त्यसलाई छोड्दैनौं भनेर धम्कीपर्ूण्ा खबर पठाए । माओवादीका पर्ूवजिल्ला सेक्रेटरी लोकप्रसाद बन्जारालाई कुटेको आरोपमा उल्टै कांग्रेस कार्यकर्तालाई माओवादीले मुद्दा दर्ता गर्न थाले । राजनीतिक घटनालाई आपराधिक घटनामा परिणत गराउने प्रयास गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष घिरन थापालगायत एक दर्जन नेता कार्यकर्तालाई त्यस्तो आरोप लगाएर उजुरी दिने क्रम बढी नै रह्यो । जिल्लास्तरका नेताहरू विजयसभा मनाउन गाउ“तिर लाग्ोका छन् । सदरमुकाममा चाहिं कार्यकर्ताले विभिन्न अफवाह फैलाएर मानसिक तनाव बढाउन छाडेनन् । समानुपातिक निर्वाचनको अन्तिम परिणाम पनि आइसकेको थियो । तनावमा बसिरहनु  भन्दा केही दिन घरतिर गएर शान्त हुने निधो गरे“ । प्रहरीले खै के सूचना पायो, बुधबार मलाई  सुरक्षा दिएर घर -काठमाडौं) पुर्‍याइदियो


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters