[Show all top banners]

aman
Replies to this thread:

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 फोरम हामीद्धारा निर्मित संस्था हो ।’-प्रचण्ड
[VIEWED 4076 TIMES]
SAVE! for ease of future access.
Posted on 04-29-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is this posted somewhere?


 
Posted on 04-29-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is this posted somewhere?


 
Posted on 04-29-08 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wonder why I am not surprised. Perhaps because Upendra Yadav has been calling for a maoist led government which is inclusive. And we thought forum and Maoist are cat and dog or is it dog and dog. Both have a common gundagardi trait. Is there anything called YFL also?

 
Posted on 04-29-08 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

see www. hamroblog.com
 
Posted on 04-29-08 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

के बोल्दैछन प्रचण्ड ?

‘अब तपाईलाइ एक दुइटा नयां कुरा भन्छु । मधेसी जनअधिकार फोरमहामीले बनाएको नेकपा माओवादीले मधेसका सबैखाले मधेसी बुद्धीजिवीहरुलाई समेट्ने भनेर उपेन्द्र यादवलाइ जिम्मा दिएर यो बनेको हो । उपेन्द्र यादव त्यत्तिवेला माओवादी पार्टीभित्र क्षेत्रिय व्युरोमा थिए । त्यसबेला यो जनअधिकार फोरममा विभिन्न खाले बुद्धीजिवि समेट्ने भनेर हामीले बनाएका हौं । त्यसकारण मधेसी जनअधिकार फोरम हाम्रो लागि पराइ छैन । फोरम हामीद्धारा निर्मित संस्था हो ।’-प्रचण्ड

सत्ता एउटा यस्तो रोग हो जसलाइ पाएपछि बोलेको कुरा त के आफु उभ्भिएको धरातल पनि विस्रन्छन नेताहरु । हिजो सत्तामा पुगेकाहरुले हामीलाइ सिकाएको पाठ भनेको यही हो । बोल्नु सत्तामा जाने सिढी निर्माण गर्नु हो जहां पुगेपछि बोलेको गर्नैपर्ने कुनै बाध्यता हुन्न । कारण अर्को निर्वाचन नभएसम्म कसैले उनलाइ घोत्रेुठ्याक लगाउने हिम्मत गर्न सक्दैन । तर अचम्म माओवादी सत्तामा पुगिसकेकै छैन तैपनि उनीहरुको बोलिको ठेगान भएन । त्यसमा पनि विशेष माओवादी अध्यक्ष प्रचण्डको । सत्तामा पुग्नका लागि हिजौ गौरमा भएको आफ्ना कार्यकर्ताको हत्यालाइ चटक्कै विसर्िएर उनी अहिले मधेसी जनअधिकार फोरम माओवादीद्धारा नै निर्मित संस्था मात्र हैन उ माओवादीका लागि पराइ समेत नभएको दावी गरेका छन ।
यो वैचारीक विचलन नभए के हो यदी त्यसो हो भने के गौर हत्याकाण्ड माओवादीले चर्चामा आउनका लागि आफैंले गराएको घटना हो त के गौरमा मारिएका २७ जनाको जिम्मेवार फोरमका साथै माओवादी आफुपनि हो त
इतिहास मेटिदैन कुनै कुनै विगत त सधै स्मरणमा रहीरहन्छ । यदी सर्वसाधारणले विसर्िएपनि घटनाका पिडितले कसरी भुल्न सक्छन ति घटना ? के सत्ताका लागि फोरमलाइ मनाउने लालसामा प्रचण्डले गौरमा मारिएका आफ्नै पार्टीका परिवारलाइ सम्झनुपर्दैन ?
नेपाल समाचारपत्रमा छापिएको उनको अन्र्तवार्ता पढेपछि उब्जीएका प्रश्नहरु हुन यि । संविधान सभाको निर्वाचनपछि मधेसी जनअधिकार फोरम शक्तिशाली क्षत्रिय दलको रुपमा उदाएको छ । उसले मधेसका लागि उठाएको मागलाइ मधेसले अनुमोदन गरेको छ । यसको सम्मान सबैले गर्नुपर्छ । तर सत्ताका लागि उपयोग हैन ।

माओवादी सत्ताका लागि यत्तिको परिर्वतन हुन्छ भन्ने कल्पनाबाहिरको कुरा हो । कारण हिजो हत्याराको दर्जा दिएका उपेन्द्र यादव अहिले प्रचण्डका लागि हितैसी बनेका छन । त्यो पनि फोरमले भनेको हैन प्रचण्डले भनेको । प्रचण्डले हिजो जे जस्तो भएपनि अब सहकार्य गर्नुपर्छ भन्नु सामान्य हो । यर्थाथ पनि यही नै हो । तर हिजो हत्यारा भन्ने अनी अहिले आएर हाम्रो हिजोदेखिएको सहकार्य थियो भन्न त भएन नी । हिजोदेखी फोरम र माओवादीविच सहकार्य थियो भन्ने भ्रम फैलाएर किन प्रचण्ड आत्मघाति काम गरिरहेका छन बुझ्न सकिएन ।

नेपाल समाचारपत्रमा प्रकाशित अन्र्तवार्ता

 

फोरम माओवादीकै उत्पादन हो-प्रचण्ड

संविधान सभाको पहिलो बैठक बस्न ६ सय १ सदस्य आवश्यक पर्दछ । जसका लागि २६ जना मनोनित गर्नुपर्छ । यो कुन प्रकृयामा हुन्छ ?
२६ जना सहमतिले नियुक्त गर्ने भनिएको छ । प्रधानमन्त्रीले गर्ने सहमतिको आधारमा । यसबारेमा समेत छलफल गर्दैछौं । सकेसम्म २६ जना चांही राष्ट्रिय जीवनका त्यस खालका ब्यक्तिहरु जो संविधान निर्माणका लागि अनिवार्य हुन्छ जो निर्वाचनमा लडेका छैनन त्यस्ता ब्यक्तिलाइ ल्याउने कोसिस हुन्छ । सहमतिको आधारमा भनिएको हुंदा अहिलेलाइ सात दल र संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रतिनिधिसंग पनि सहमतिा लागि पनि कोसिस हुनेछ ।

२६ जना सबै राजनीतिक दलवाट नियुक्त हुने सम्भावना कत्तिको छ ?
त्यसमा हिसाव किताव गर्दाखेरी संविधान सभामा जुन अनुपातमा राजनीतिक दलको प्रतिनिधित्व भएको छ मलाइ लाग्छ त्यसैको वरिपरिमा हुन्छ त्यसको संख्या । तर राजनीतिक दलहरुकै प्रस्तावमा उनीहरु चुनिन्छन । २६ जनाको प्रतिनिधित्व राष्ट्रिय ब्यक्तित्वहरुवाट होस भनेर कोसिस गछौं । नेकपा एमाले र नेपाली कांग्रेसले पनि २६ जनाभित्र आफ्नै पार्टीका नेता कार्यकर्ता घुसाउने भन्दा पनि संविधान निर्माण गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने राष्ट्रिय व्यक्तित्व नै खोज्नेछन भन्ने लागेको छ ।
यो नियुक्ती मन्त्रीपरिषद् गर्ने हो कि प्रधानमन्त्रीले ?
यि कार्य दलहरुविच सहमति जुटाएर प्रधानमन्त्रीको प्रस्तावमा क्याविनेटले गर्नेछ । हाम्रो विचारमा नयां क्याविनेट बन्नुपर्छ र नयां क्याविनेटले निर्णय गर्नुपर्ने हुन्छ । किनकी संविधानसभाको पहिलो बैठकमा नै त्यो प्रस्तुत हुने कुरा हो । त्यस कारण संविधान सभाको पहिलो बैठकसंगै सरकार पनि बन्ने भएकाले नयां सरकार बनेर त्यसको प्रस्ताव हुनुपर्छ भनेर हामीले आफ्नो कुरा राख्नेछौं । तरयस विषयमा पनि राजनीतिक दलहरुविच सहमति हुन जरुरी छ ।
विगतमा तित्ततापुर्ण सम्बन्ध रहेको मधेसी जनअधिकार फोरमको पनि चुनावी परिणाम राम्रै आएको छ । अब कसरी अगाडि बढ्नु हुन्छ ?
अब तपाईलाइ एक दुइटा नयां कुरा भन्छु । मधेसी जनअधिकार फोरमहामीले बनाएको नेकपा माओवादीले मधेसका सबैखाले मधेसी बुद्धीजिवीहरुलाई समेट्ने भनेर उपेन्द्र यादवलाइ जिम्मा दिएर यो बनेको हो । उपेन्द्र यादव त्यत्तिवेला माओवादी पार्टीभित्र क्षेत्रिय व्युरोमा थिए । त्यसबेला यो जनअधिकार फोरममा विभिन्न खाले बुद्धीजिवि समेट्ने भनेर हामीले बनाएका हौं । त्यसकारण मधेसी जनअधिकार फोरम हाम्रो लागि पराइ छैन । फोरम हामीद्धारा निर्मित संस्था हो ।
प्रस्तुती : सुरेन्द्रमान प्रधान


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters