[Show all top banners]

Sarkozy

More by Sarkozy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी ले कसरी पैसा कमाउदै छन...
[VIEWED 5423 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विगत दुई वर्षदेखि माओवादीनिकट मजदूर संगठनले पाँचतारे होटलको क्यासिनोमा ज्यादतीपूर्ण तवरले एकछत्र संगठन बनाएर अन्य संगठनहरूलाई विस्थापित गर्न खोजेको भन्दै ती संगठनहरूले उक्त कार्यको खुलेर प्रतिकार गर्न थालेपछि केही दिनअघिसम्म पाँचतारे होटलका क्यासिनोहरू युद्धमैदान बने।
दरबार मार्गको अन्ना क्यासिनोबाट सुरु भएको भिडन्त एभरेस्ट हुँदै सोल्टीको नेपाल क्यासिनोसम्म पुगेपछि बेलाबखतमा चर्चामा आइरहने क्यासिनो विवाद  थप चर्चित पनि ब्ान्यो। 
खुल्ला राजनीतिमा आउनेबित्तिकै असाध्यै तामझामका साथ क्यासिनो बन्द गराउने अभियानमा लागेको माओवादीनिकट मजदुर युनियनले अहिले क्यासिनोलाई एकलौटी भन्सार बनाउँदै अरू संगठनको अस्तित्व स्वीकार्न मञ्जुर नभएपछि भिडन्तको विजारोपण भएको अन्य दलका निकट मजदुर युनियनहरूको भनाइ छ। 
त्यसो त राजधानीका ७ वटा क्यासिनोमा माओवादीनिकटका झन्डै १ हजार कामदारहरूले हाजिर नै नगरी तलब पकाउने गरेको अन्य मजदुर संगठनको आरोप छ। नेपाल स्वतन्त्र होटल मजदुर युनियनका एक सदस्यले छलफलसँग भन्नुभयो, 'दुई वर्षसम्म उनीहरूले गरेको अपराध र ज्यादतीलाई हामीले अन्त्य गर्न खोज्दा उनीहरू अत्तालिएर हामीलाई विभिन्न आरोप–प्रत्यारोप गर्दै बदनाम गर्न थालेका छन्। हामी त्यस्तो ज्यादतीपूर्ण क्रियाकलापको अन्त्य गर्न चाहन्छौं। वाईसीएल ल्याएर संगठन विस्तार गर्ने, दिनभरि माओवादीको जुलुसमा हिँड्ने, हाजिरसम्म नगरी तलब पकाउने, अन्य संगठनका मजदुरहरूलाई धम्क्याउने, कुट्नेजस्ता बद्नियतपूर्ण कार्यहरू माओवादीनिकट मजदुर युनियनका व्यक्तिहरूले गरेको आरोप उहाँको छ। 
त्यसैगरी क्यासिनोका मालिकहरूसँग मिलोमतो गरेर र जीएमहरूसँग मोजमस्ती गर्दै बिनाबिल लाखौं रुपैयाँ प्रत्येक क्यासिनोबाट असुल गर्ने, वाईसीएललाई खानपानको व्यवस्था पाँचतारे होटलमा नै मिलाउने कार्यहरूमा माओवादीनिकट मजदुर युनियनका व्यक्तिहरू लागेको पनि उहाँले बताउनुभयो। 
माओवादीले पार्टी चलाउने भन्सारका रूपमा प्रयोग गर्दै आएको क्यासिनोमा माओवादी मजदुर संगठनका नेताका आफन्त र नातागोताले पनि राम्रै प्रवेश पाएका छन्। सर्वहारा वर्गको नेतृत्व गर्ने एउटा मात्रै पार्टी माओवादी हो भन्दै हिँड्ने माओवादी मजदुर संगठनका केन्द्रीय अध्यक्ष शालिकराम जमरकट्टेलकी श्रीमती लक्ष्मी श्रेष्ठ अहिले एभरेस्ट क्यानिसोको बरिष्ठ पदमा कार्यरत हुनुहुन्छ। उहाँ जमरकट्टेलकी श्रीमती भएकै कारण त्यो पदमा पुग्न सफल हुनुभएको हो। त्यसो त माओवादीनिकटकै होटल युनियनका केन्द्रीय अध्यक्ष रमेशबाबु पन्थले पनि आफ्नी श्रीमती दुर्गा पन्थलाई क्यासिनोकै माथिल्लो पदमा जागिर खुवाउनुभएको छ। 
क्यासिनोको पैसामा रार्इंदाईं गर्न पल्केका माओवादीनिकट युनियनका व्यक्तिहरूलाई क्यासिनो अहिलेसम्म फलदायक नै भएको छ। धादिङबाट संविधानसभाको चुनाव लड्दा लाखौं पैसाको खोलो बगाएर अन्य पार्टीका उम्मेद्वार र कार्यकर्ताहरूलाई भौतिक आक्रमण गर्न गुण्डा प्रयोग गर्ने जमरकट्टेलले क्यासिनोकै लाखौं रुपैयाँ अनियमितता गरेको स्रोतको दाबी छ। विभिन्न ठाउँमा भ्रमण गर्दा र ससुराली आउँदाजाँदासमेत क्यासिनोको पैसा र गाडी प्रयोग गर्ने जमरकट्टेलले २६९९ को टाटा सुमो लिएर ससुराली गएको प्रत्यक्ष देखेको बताउँछन् क्यासिनोमा कार्यरत मजदुरहरू। 
जमरकट्टेल मात्र होइन क्यासिनोबाट अवैधरूपमा भ्रष्टाचार गरेर माओवादीनिकट मजदुर युनियनका व्यक्तिहरूले भव्य महलसमेत बनाउन भ्याइसकेका छन्। स्रोतका अनुसार माओवादीनिकट मजदुर युनियन क्यासिनो अन्नाका अध्यक्ष कल्पदीप राईले ८० लाख मूल्यबराबरको भव्य महल भक्तपुरमा भर्खर खरिद गर्नुभएको  छ। त्यसैगरी माओवादीनिकटकै होटल युनियनका केन्द्रीय अध्यक्ष रमेशबाबु पन्थले पनि क्यासिनोबाटै भव्य महल खरिद गरेको र कोटेश्वरमा पनि पहिल्यै त्यत्रै महल खडा गरेको स्रोतले बताएको   छ। यता क्यासिनो एभरेस्टका अध्यक्ष तोयाराज भट्टले पनि बानेश्वरमा घर बनाउन सफल भइसक्नुभएको छ। त्यसैगरी क्यासिनो नेपालका जीएम पुरुषोत्तम पौडेल र नेपाल क्यासिनोकै माओवादीनिकट युनियनका अध्यक्ष प्रकाश थापासहितको टिम विभिन्न सेकुवा कर्नरलगायतका ठाउँमा गएर क्यासिनोको पैसा दुरूपयोग गर्ने गरेका छन्। क्यासिनोलाई आफ्नो बिर्ता ठान्ने माओवादीनिकटका मजदुर युनियनका व्यक्तिहरूले महिलाहरूमाथि दुर्व्यवहार गरेका रहस्यहरू पनि बेलाबखत बाहिर आउन थालेका छन्। केही समयअगाडि साङ्ग्रिला क्यासिनोका माओवादीनिकट मजदुर युनियनका अध्यक्षलाई त्यहीं कार्यरत महिलाहरूले डोरीले बाँधेर कालोमोसो दल्दै कारबाही गरेका थिए। 
युथ फोर्सका अध्यक्ष महेश बस्नेत भन्नुहुन्छ, 'माओवादीले ज्यादतीपूर्ण ढंगबाट होटल, रेस्टुरेन्ट, क्यासिनो, फास्टफुडबाट रकम असुल गर्छ र मजदुरहरूमाथि कुटपिट गर्छ भने युथ फोर्स चुप लागेर बस्दैन।' यता होटल युनियनका अध्यक्ष विष्णु लम्साल पनि माओवादीले आफ्ना आचरण, शैली र व्यवहारमा सुधार नल्याउने र अरू संगठनको अस्तित्वलाई नस्वीकार्ने हो भने आफूहरू उनीहरूको ज्यादतीपूर्ण शैलीका विरुद्धमा निरन्तर उत्रने बताउनुहुन्छ। आशा गरौं, लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बन्ने सौभाग्य पाउनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहालका काँधमा धेरै जिम्मेवारीसँगै अर्को जिम्मेवारी पनि थपिएको छ। त्यो हो, अबका दिनमा हजारौं मजदुरले रोजीरोटी गर्ने ठाउँ क्यासिनो माओवादीको र माओवादीनिकट मजदुर संगठनका व्यक्तिहरूको भन्सार बन्नेछैन र अरू संगठनको पहिचानमा पनि त्यहाँ काम गर्ने वातावरण सहज बन्दछ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters