[Show all top banners]

focusnepal

More by focusnepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शिक्षक-विद्यार्थी सम्बन्ध
[VIEWED 5984 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

October 4, 2008

शिक्षक-विद्यार्थी सम्बन्ध

कम्युटरमा जोडिएका धेरै जिज्ञासु विद्यार्थीले थुप्रै नयाँ कुरा लिएर आउँछन् । यस तहका विद्यार्थीलाई धेरैभन्दा धेरै कुरा जान्ने चाहना छ । अर्काथरी ुपर्यटक विद्यार्थीु छन् । उनीहरु यसो बार मिलाएर आउँछन् । र तेस्रोथरी विद्यार्थीलाई न पढ्नु छ न जान्नु छ । उनीहरुलाई सिर्फ पास गर्नु छ ।

प्रा डा विद्यानाथ कोइराला
हिजोका विद्यार्थी शिष्यको व्यवहार गर्थे । आज अनुशिकीको व्यवहार गर्न खोज्छन् । शिष्य पत्याउँछ अनुशिकी प्रश्न गर्छ । त्यसैले शिक्षक र विद्यार्थीको सम्बन्ध हिजोभन्दा आज फरक भएको छ । हुन्छ पनि । म त भन्छु हुनु पनि पर्छ । किनकि अहिले विद्यार्थीसामु ज्ञान आर्जन गर्ने अनेकन स्रोत छन् । कम्प्युटर एउटा स्रोत हो पुस्तक अर्को स्रोत । साथीहरु तेस्रो स्रोत हुन् । त्यसले गर्दा विद्यार्थीले शिक्षकलाई सम्मान नै गर्नुपर्छ भन्ने रहेन अब ।

सम्माननीयको ठाउँ कम्प्युटर र किताबले लिए । त्यसले गर्दा सम्मान पनि बाँडियो । दीक्षा दिने शिक्षक काम लाग्न छोडे । शिक्षा दिनलाई चाहिने आवश्यक ज्ञान शिक्षकले पनि बनाइरहन सकेन । अर्थात् उसले अनुसन्धान गरेन । थप किताब पढेन । कम्प्युटरका सीप सिकेन । त्यसैले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध त्यति सुमधुर हुन सकेन ।

उच्च माध्यमिक र माध्यमिकको पठनपाठन र मनोविज्ञान एकअर्कासँग अन्तरसम्बन्धित भएन । विद्यालयमा विद्यार्थी शिक्षकको नियन्त्रणमा बस्यो । उच्च माध्यमिक या क्याम्पसमा आएपछि शिक्षकलाई नियन्त्रण गर्न खोज्यो । त्यही शिक्षकले आफ्नो हक खोज्यो । विद्यार्थीले नयाँ राज्य खोज्यो । त्यसले गर्दा अनुशासनको समस्या भइरह्यो । यसको समाधानका लागि विद्यार्थी आफैंले कक्षैपिच्छे आफ्ना निम्ति आचारसंहिता बनाउने । शिक्षकले पनि त्यसै गर्ने । यसो भयो भने समस्या समाधान हुन्छ । यो कुनै गाह्रो कुरै होइन ।

हिजोका विद्यार्थीका पढ्ने बुझ्ने चिन्तन शैली क्षमता र अहिलेका विद्यार्थीमा धेरै अन्तर छ । यसो हुनु स्वाभाविकै हो । हिजोका विद्यार्थी खरदार हवलदारको जागिर पाइन्छ भन्ने नाउँमा पढ्थे । कारण के थियो भने त्यतिखेर आजजस्तो रोजगारीको विकराल समस्या थिएन । पढेपछि जागिर पाउँथे ।

हिजोका विद्यार्थी पढ्न एकदम इच्छुक थिए । तर सोचाइको क्षितिज भने साँघुरो थियो । अघि नै भनेँ नि उनीहरुको पढ्नुको उद्देश्य नै जागिर थियो- खरदार हवलदारको । तर आजका विद्यार्थीमा भिजन ठूलो छ । उनीहरुको सोचाइको आकाश धेरै फराकिलो छ । मैले हिजो र आजका विद्यार्थीमा देखेको तािŒवक अन्तर उनीहरुका आँखाले देखेको आकाश नै हो ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters