[Show all top banners]

ihateamerica
Replies to this thread:

More by ihateamerica
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

nepali_brother
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अनन्त बाँदर सिद्धान्त
[VIEWED 9498 TIMES]
SAVE! for ease of future access.
Posted on 05-26-11 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

Source: http://chapagain.blogspot.com/2008/11/blog-post_18.html?spref=fb
म आफ्नो पढाईसँग सम्बन्धित केही कुरा खोज्दैथिएँ। अचानक internetको link र hyperlinkबाट एउटा सिद्धान्तमा पुग्दा निकै चासो लाग्यो। Infinite monkey theorem भनिने उक्त सिद्धान्तबारे wikipedia लेख्दछ:

"The infinite monkey theorem states that a monkey hitting keys at random on a typewriter keyboard for an infinite amount of time will almost surely type a given text, such as the complete works of William Shakespeare."

अर्थात एउटा बाँदरलाई अनन्त समय दिने हो भने र एउटा टाइपराइटर दिने हो भने, उसले तेसमा अनियमित किसिमले टाईप गर्दै गयो भने सेक्सपियरको कुनै कृति टाईप गर्न सक्छ।

यस सिद्धान्तलाई हाम्रो देशको संबिधान निर्माण गर्ने कुरा सँग दाँजेर हेरौन, कस्तो होला? यहाँ मैले सभासदहरुलाई बाँदरसँग तुलना गर्न भने खोजेको होइन है। यो त एउटा exampleमात्रै हो। ६००को सन्ख्यामा रहेका बाँदरले अन्धाधुन्द टाईप गर्ने हो भने अनन्त समय सम्ममा संबिधान अवश्य पनि लेखिनेछ। भनेपछी अनेकौ समितिहरु बनाएर किन झन्झट बेहोरीराख्ने। सबैजनालाई एक एकवटा शब्द टाईप गर्न दिए त भईहाल्ने रहेछ। यसलाई mathematical treatment गरेर हेरौ है त।

यदि नेपालीका अक्षरहरुलाई एक पछी आउने अर्कोलाई Independentमान्ने हो भने, तेसको सम्भाब्यता(probability)तेस्को गुननफल सँग बराबर हुन जान्छ। यदी नेपाली किबोर्डमा जम्मा 60 key हरु छन भनेर मान्ने हो भने र लेख्नुपर्ने शब्द "संबिधान" हो भने।

यतिकै किबोर्ड हान्दा स लेखिने probability 1/60 हुन्छ। संबिधान लेख्दा सातओटा कि हरु टाईप गर्न पर्‍यो भन्यो, तेसको probability हिसाब गर्ने हो भने (1/60)*(1/60)*(1/60)*(1/60)*(1/60)*(1/60)*(1/60)=(1/60) को पावर 7 हुन जान्छ।

यसको अर्थ दीएको ७ अक्षरमा संबिधान नलेखिने सम्भावना आएको नतिजालाई १ बाट घटाउदा बराबर हुन्छ। अर्थात 1-(1/60)को पावर 7। यदी nओटा ७ अक्षरको blockलेखियो भने तेस्को सम्भावना आएको नतिजाको पावर n हुन जान्छ। nको सन्ख्या लाख मान्ने हो भने उक्त नलेखिने सम्भावना 0.9999हुन जान्छ तर यदी nलाई अर्बौको सन्ख्यामा लिने हो भने नलेखिने सम्भावना 0.2हुन जान्छ। 601ओटा बाँदर मान्ने हो भने पनि उक्त सन्ख्यालाई अझै घट्दै जाने हुन्छ। तर यदी n अनन्त भयो भने नलेखिने सम्भावना शुन्य हुन्छ।

तेसको अर्थ संबिधान लेखिन्छ। भनेपछी अझै छिटो संबिधान लेख्न पर्ने भएमा अझै केही बाँदरहरु थप्नुपर्ने आवश्यकता देखिन्छ। अर्को अर्थ के हो भने जथाभावी किसिमले काम गरे पनि प्रशस्त समय दियो भने बाँदरहरुले पनि संबिधान लेख्न सक्ने रहेछन। हाम्रा देशमा त मान्छे छन भनेपछी त्यो सम्भावना अझै बढ्न पनि सक्छ। यो बैज्ञानीक तथ्यबाट पनि प्रमाणित भएकोले जनताहरु ढुक्क भएर बसे हुन्छ, अनन्त समयमा बाँदरहरुले पनि संबिधान लेख्न सक्ने रहेछन।

तैपनि जनतालाई हतार छ भने, केही बाँदरहरु थपेर यसलाई अली चाडै सिद्यौन सकिनेछ। तर के कुरा याद रहोस् भने बाँदरहरु आफुसँग भएका किबोर्ड नचलाइकन तेसैले एक-अर्कालाई हान्न थाले भने यो सिद्धान्त पनि मार खान्छ। आशा यही गरौ कि बाँदरहरु झगडा नगरुन। अहिले झगडा गर्ने बाँदर कोइ छन भने चाँही चिनीराखौ भबिश्यमा बिचार गर्नुहोला है।

(नेपालीमा लेख्दा गणितिय त्रुटीहरु हुन गएको भए माफ गर्नुहोला।)

 
Posted on 05-26-11 8:52 AM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very well written and a good satire.

I don't like your username but appreciate you providing the article.

I guess the only challenge would be to find out how to know that the constitution is finished.
 
Posted on 05-27-11 1:16 PM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-11 3:30 PM     [Snapshot: 344]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters