[Show all top banners]

jhaukiri
Replies to this thread:

More by jhaukiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Shitasma

Jalparri
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 एउटा जिन्दगीको कथा |
[VIEWED 9478 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-12 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

 एउटा जिन्दगीको कथा  |
 
सेतो पानाको प्रकाशले flash back ल्याएर राखिदियो |
 
धेरै चपाएर गली सकेको 
गुलियो सिद्धिएको chewing gum जस्तै जिन्दगी 
कहिँ टेबलमुनि त कतै बसको सिट्मुनी टासिदै 
उप्कदै,....
कहिले लम्बिनथियो त कहिले चुडिन्थियो |
 
ज्वर भटाले ग्रस्थ सुर्य हरेक दिन उदाउदा 
दाल भात तरकारीको महाभारतमा शिखन्डी 
बनी जिन्दगी..... पेट रुपी भिश्म को बध गर्न लागिपर्थ्यो  ,
तेही सुर्यको बिदाइ सगै 
जिन्दगी........ श्रीमतीको रित्तो भाडामा 
बुढा बाउको तुना छिनेको सुरुवालमा
र लोता चुडिएको  छोरीको चपलमा अभय्स्त हुने गर्थ्यो ....
 
फेरी पानालाई हेरे... 
तेस्को प्रकाश ....
किर्ना जस्ता अक्षर ....
केहि जिन्दगीमा रङिनता  छकी भनेर
खोजे........ भेटे ....
 
फिनेल मानौ नाकमा कोची दिएजस्तो ...
चारैतिर अशफलताको बिल्ला भिराउन 
पर्खेका आँखाहरु .....
 रोदन .....सेतो भित्तामा कालो दाग होकी कालो भित्तामा सेतो 
छुटाउन नै मुस्किल....
र देखे .....
मैलो ओड्नेमा छरिएका रगतका बाछिटाहरु....तन्नाको बाटोहुँदै... 
मानौ कुनै canvas लाई मुर्त रुप दिन लागि परेका छन....
 
 
ओहो कस्तो रंग कस्तो रौनक ...
जस्पछी त न जिन्दगी रह्यो न उसको कथा | 

 
Posted on 02-27-12 8:06 AM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत मिठो छ
 
Posted on 02-27-12 12:27 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समष्टिमा कबिता मिठो भावपूर्ण भए पनि बिम्ब र प्रतिक को अनमेल प्रयोग भएको जस्तो लाग्यो . माहाभारतका पात्रहरुको अप्रासंगिक प्रयोग भएको जस्तो लाग्योम आगे हजुर को  इच्छा .

 
Posted on 02-27-12 5:56 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

झ्याउकिरी मित्र,

राहुलभाइले दिएको सल्लाहलाई गम्भिर रुपमा लिनु होला र आफ्न रचनाहरुलाई आउँदा दिनहरुमा अझ बढी तिखार्नु होला अझ बढी माझ्नु होला ।

यहाँ कोही कोही यस्ता पनि कवि मित्रहरु देखा पर्नु भएको छ जो अरु कसैले दिएको सल्लाहलाई सुनेको नसुनै गरेर भ्याट भ्याट राष्ट्र बैंकले नोट छापे जस्तो एक पछी अर्को कविता हो कि के हो छाप्या छाप्यै हुनुहुन्छ ।

शुभकामना!

 
Posted on 02-27-12 10:03 PM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धन्यवाद साथीहरु ...
तपाईहरुको सुझाब सधै सिरोपर्य गर्ने छु |
 
जिन्दगीलाइ "शिखाड़ी" बनाउनुका कारण 
" शिखाड़ी " अम्बाको दोर्स्रो जन्म हो जसलाई भिस्मले पहिलो जन्ममा बेइजत गरेका थिए |
"पेट " लाई भिस्म बनाउनुको कारण मलाई लाग्छ जिन्दगी लाई सधै पेटले गिज्जाई रहेको हुन्छ |
भिस्म जस्तै पेट पनि अजय छ , जसको संघार गर्ने जिन्दगीले खोइ कति जन्म लिनु पर्ने हो !!
 

 
Posted on 02-28-12 8:35 AM     [Snapshot: 427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 झाउकिरी जी को सब्द ले मलाई धेरै अर्थ दिएको भान हुन्छ , आगिलो (महाभारत को कथा )भन्दा अलि फितलो छ तर धेरै मिठो छ . 
 
Posted on 02-28-12 11:18 AM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वाक्य वाक्य बुझे पनि कबिताको भाव समग्रमा बुझ्न अलिक गार्हो पर्‍यो। my limitation.....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters