[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओबादीले काँडा तार लगाउन नै लिए ५० लाख घुस
[VIEWED 6554 TIMES]
SAVE! for ease of future access.
Posted on 08-26-12 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर माओबादीले खुल्ला रुप मै स्वीकारे घुस लिएको कुरा, कति नालायक भै सकेछ अवस्था
अनि यसरी घुस दिए पछी बनाउने संरचना कस्तो निम्न स्तरको होला 
 

पोखरा एअरपोर्टका ठेकेदारबाट माओवादीले ५० लाख घुस लिएको खुलासा

माओवादीभित्र चर्कियो 'एअरपोर्ट-काण्ड'

राजेन्द्र अधिकारी

१० भदौ, पोखरा । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भन्दै यतिबेला पोखरेलीहरु धर्नामा बसिरहेका छन, आन्दोलन गरिरहेका छन् । तर यही एअरपोर्ट बनाउन भन्दै माओवादीभित्र भइरहेको आर्थिक चलखेल यतिखेर छरपष्ट भएको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा तारजाली लगाउने र सम्माउने काम पाएका तीनवटा कम्पनीबाट माओवादी नेताहरुले ५० लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ । हालै माओवादीको तमुवान राज्यसमितस्तरीय वैठकमा कार्यकर्ताबाट चर्को कुरा उठेपछि नेताहरुले रकम लिएको स्वीकार्दै कसलाई कति बाँडियो भन्ने हिसाव-कितावसमेत सार्वजनिक गरेका छन् ।रुमा पूर्वसभासद् समेत रहेका एमाओवादीका राजकाजी गुरुङ ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला पार्टीभित्र चलेपछि खोजी सुरु भएको थियो । पोखराका एक माओवादी कार्यकर्ता भन्छन-’शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै-थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।’

साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले एयरपोर्ट काण्डका विषयमा कार्यकर्ताहरुलाई यर्थाथ जानकारी दिएका थिए । प्रशिक्षण कार्यक्रममा एयरपोर्ट-काण्डको रहस्य खुलाउँदै कुमारले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए । उनले सो रकम एमाओवादीका विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब-किताब समेत सार्वजनिक गरेका थिए । प्रशिक्षण कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने-’कुमारले हामी सबैलाई यस विषयमा खुलस्त जानकारी दिदैं अन्यथा नलिन समेत आग्रह गरेका छन् ।’

नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ । तिनै कार्यहरुमा सहभागी ठेकेदारबाट पूर्वसभासद् तथा विमानस्थल सम्बन्धी समस्या समाधान कार्यदलका संयोजक राजकाजी गुरुङको नेतृत्वमा सो रकम ठेकेदारहरुबाट लिईएको एमाओवादीले स्वीकार गरिसकेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए । राजकाजीले प्रशिक्षणमा घुसको हिसाव सार्वजनिक गरेको अडियोसमेत अनलाइनखबरसँग सुरक्षित छ ।

एमाओवादीका नेता कुमारले समग्र आन्दोलनलाई नियोजित ढंगले बदनाम गर्न यस्तो हल्ला फैलाइएको भन्दै थप कुरा गर्न नमिल्ने बताए । पूर्वसभासद् राजकाजी गुरुङ ‘करण’ले पार्टीको आन्तरिक नीतिअन्तगत आधिकारिक रुपले नै पसा उठाइएको स्वीकारे । तत्कालिन तमुवान राज्य समितिका इञ्चार्ज तथा हाल माओवादीका केन्द्रीय कार्यालय सचिव हितराज पाण्डे भने बोल्न चाहेनन् ।


माओबादीका कुकुरहरु कसरी सोच्ने रहेछ

som nath adhikari wrote on 26 August, 2012, 5:29

party chalauna lai linu ramro ho tara personal rupma linu corroption ho.

http://onlinekhabar.com/2012/08/195327.html


 
Posted on 08-27-12 3:38 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनी हरुलाई सजिलो कमाइ गर्न पाए पुग्यो , श्री तिन हरुले गरे पछी बन्दुक बोक्नेलाई खालि हण्डी देखाउने त भएन , लुट जति सक्छौ लुट भनि छोड दिएको छ , न त कारबाही नै हुन्छ , यो भन्दा ठुलो अराजकता यो सताब्दिमा कहा देख्न पाईएला ?
दाहालले २५ अरब जोजिमा हाले भन्ने बैध्य बा हैनन् ? यो कुरामा उनि भन्दा ठुला भित्रिया भारदार अर्को को नै होला ? त्यो २५ अरब जिल्ला स्तरीय नेता सम्म पुगेको छैन होला , उनि उहरुलाई पनि कमाउने मेलो दिनु परेंन |
कारखाना हरु खोल्ने सकिन्न - ४-५ मैना पछी यूनियन खडा हुने पर्छ , हडताल र माग राख्ने पर्छ , हुँदा हुँदा अब त एक जना कामदार भए पनि युनियन हुने र हडताल हुने एउटा प्रथा बसेको छ , तेसैले Automated कारखाना मात्रै खोल्न पाउ भनि आबेदन दिनेको संख्या बढेको हुनु पर्छ ? Where is Power?
गाउघरका जवान बाहिरीए , सहर खाचाखाच छ - नारा बाजी र तोड फोड़ मा कहा वाट जम्मा हुन्छ त्यो भिड ? कि अरुको नास गर्न पाउदा रतिक्रिया को आनन्द पाउने हुनकी ?
यिनी हरु सलह हुन् - ७५ ओटै जिल्ला ढाकेका छन्  - सामन्ती भनि २० हजार लाइ निमिट्यान्न बनाए - यी नया सामन्ती लाइ कसले निमिट्यान्न बनाउने ?



 
Posted on 08-27-12 9:48 PM     [Snapshot: 438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://onlinekhabar.com/2012/08/195757.html
 

विमानस्थल ठेकेदारसँग घुस लिएको माओवादीद्धारा स्वीकार (भिडियोसहित)

११ भदौ, पोखरा । एकीकृत नेकपा माओवादी कास्कीले पोखरा विमानस्थल बनाउने ठेकेदारसंग पैसा लिएको स्वीकार गरेको छ ।

सोमबार माओवादी पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि माओवादी कास्कीका इन्चार्ज झलकपाणी तिवारीले ठेकेदारसगं पूर्व सभासद राजकाजी गरुङ ‘करण’मार्फत पैसा लिएको स्वीकार गरेका हुन् । ५० लाख कमिशन नलिएको जिकिर गरेका उनले कति पैसा लिएको भने खुलाएनन् ।

तिवारीले पार्टीको लागि पैसा लिएको भन्फ्नादै करणको बचाउ गरे । ‘पार्टीका लागि सहयोग लिएको हो । कुनै नेताको लागि होइन-उनले भने ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन माग गर्दै आन्दोलन चर्किरहेको बेला माओवादीले विमानस्थल बनाउने ठेकेदारसँग पैसा लिएको सार्वजनिक भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले पोखरामा प्रशिक्षण दिइरहेका बेला कार्यकर्ताले नै यसबारे प्रश्न गरेका थिए ।

सुरुमा पूर्वसभासद् ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला चलेपछि रहस्य खुल्दै गएको एमाओवादीका एक कार्यकर्ताले बताए । उनले भने-’शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै-थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।’

विवाद बढेपछि साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए । उनले रकम विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब-किताब समेत सार्वजनिक गरेका थिए ।

नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ ।

भिडियो हेर्नुहोस 


 
Posted on 08-29-12 11:48 AM     [Snapshot: 630]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ५० लाख ख्वाउन लाइ आर्को करोड थपेर मात्रै बोलकबोल गर्नु पर्ने भयो ?
तह तह पिच्छे हप्ता बुझाऊने कुरा हिन्दि सिनेमामा देखिन्थ्यो अब वाक्क लाग्ने गरि बेहोर्नु पर्ने बएको छ |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters